सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका साकार अधिकारी को हुन् ?
सारांश
- पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित बनेको नाम हो, साकार अधिकारी ।
- आफूलाई ‘लिटल बुद्व’ भनेर चिनाउन रुचाउने साकार नेपाली र्यापर हुन् ।
- साकारले गाएको गीत सुन्दा र हेर्दा उनमा भएको क्षमता यति धेरै छ, जो कोहीलाई अहिले पत्याउनै मुस्किल पर्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित बनेको नाम हो, साकार अधिकारी । आफूलाई ‘लिटल बुद्व’ भनेर चिनाउन रुचाउने साकार नेपाली र्यापर हुन् ।
साकारले गाएको गीत सुन्दा र हेर्दा उनमा भएको क्षमता यति धेरै छ, जो कोहीलाई अहिले पत्याउनै मुस्किल पर्छ । सानै उमेरदेखि र्याप संगीतमा झुमेका साकार नेपालको सबैभन्दा छिटो र्याप गाउनेको नाममा उनको नाम अगाडी आउँछ ।
सानै उमेरमा र्याप दुनियाँमा आफूलाई परिचित गराउन सफल साकार हाल अष्ट्रेलियामा छन् । सामाजिक सञ्जाल फेसवुकमा लाईभ बसेर अनेकन गाली गरेर उनले नेगेटिभ चर्चा बटुलिरहेका छन् ।
फेसबुकमार्फत विशेष गरि र्यापर आशिष राना ‘लाउरे’ र देशका शीर्ष नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले चर्को गाली गरेका छन् ।
उनले लाउरेलाई मार्ने भनेर फेसबुक लाईभमा पटक–पटक बताउँदै आएका छन् । फेसबुक लाइभमार्फत सबैलाई अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको थुप्रै भिडियो अपलोड गरेपछि साकार अधिकारी उर्फ ‘लिटिल बुद्व’ले सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका छन् ।
यूट्युबमा साकारको नाममा अपलोड गरिएका धेरै जसो भिडियो अहिले पनि ट्रेनडिङमै छ ।
केहि समय अगाडीसम्म उनको श्रेया रिमालसँग प्रेम रहेको उनी स्वयम बताउँदै आएका थिए । उनले गाएका धेरै र्याप चर्चित रहेका छन् । स्व. यमबुद्धलाई आफ्नो गुरु मान्ने साकार अष्ट्रेलिया पुग्नासाथ नै सामाजिक सञ्जालमा अनेकन हर्कत गर्दै आएका छन् ।
केहि समय अगाडी मात्रै उनलाई अस्पताल उपचारको लागि पुर्याइएको थियो । अस्पताल पुगेपछि केहि समय साम्य बनेका साकार डिस्चार्ज हुनसाथ पुरानै हर्कतमा फर्किएका छन् । डिप्रेसनको शिकार र लागुऔषधको बढी प्रयोगका कारण उनको यस्तो हालत भएको बताईएको छ ।
यता उनकी आमा रोजु अधिकारीले सामाजिक सञ्जालबाट नै उनलाई नेपाल फर्काउनको लागि सहयोग गरिदिन अनुरोध पनि गरेकी छिन् । साकारले आफ्नै दिदिलगायत साथी–भाइलाई पनि गाली गरेका छन् ।
हाल अष्ट्रेलिया बस्ने साकार अधिकारीको जन्म सन् १९९४ मा भएको थियो । घट्टेकुलो काठमाडौंमा जन्मिएका साकार रोजु अधिकारी र केशव अधिकारीका छोरा हुन् । साकार उमेरले अहिले २३ बर्षका छन् ।
Sarita Karki Gautam
नेपालिकाे नाममा कलङ्क हाे
Durga Kse
पागल हो साले इज्जत नभएको गधा हो आफ्नो बाबा आमा आफानताहरुको इज्जत माथी नै दाग लगाएको छ यो बाच्नुको कुनै औचित्य छैन