प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
१५ पटक हेरिएको
Shares
प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा

सारांश

  • काठमाडाैं, माघ २० ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘वान टु वान’ वार्ता गरिन् ।
  • प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् ।

काठमाडाैं, माघ २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘वान टु वान’ वार्ता गरिन् । प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् ।

अाजको नयाँ पत्रिकामा खबर छ-ओली र प्रचण्डसँगको भेटमा सुष्माको चासो दुई पार्टीबीचको एकतामा पनि थियो । तर उनले आफूहरु अब सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश प्रचण्डलाई पनि दिइन् । चुनावपछिको नेपालको परिस्थिति र नयाँ सरकार गठनबारेमा प्रचण्डको भेटमा उनले चासो राखेकी थिइन् ।

वर्तमान परिस्थितिमा नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा समेत उनले चासो दिइन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नयाँ बजेटमार्फत नेपालको सहयोग ७० प्रतिशतले बढाएको घोषणा गरेको भोलिपल्ट नेपालको स्थायित्व र विकासका लागि सहयोग गर्न भारत तयार रहेको आश्वासन उनले दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?