आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै
सारांश
- काठमाडौं, १२ असार – रसियामा जारी विश्वकप फुटबलमा आज मंगलबार ४ वटा छुट्टाछुट्टै खेल हुँदैछन्।
- आज नेपाली समय अनुसार बेलुकी पौने ८ बजे र राति पौने १२ बजे दुईवटा रंगशालामा छुट्टाछुट्टै खेल हुनेछन् ।
- आज पहिलो खेल बेलुकी पौने ८ बजे समूह ‘सी’ मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं, १२ असार – रसियामा जारी विश्वकप फुटबलमा आज मंगलबार ४ वटा छुट्टाछुट्टै खेल हुँदैछन्। आज नेपाली समय अनुसार बेलुकी पौने ८ बजे र राति पौने १२ बजे दुईवटा रंगशालामा छुट्टाछुट्टै खेल हुनेछन् ।
आज पहिलो खेल बेलुकी पौने ८ बजे समूह ‘सी’ मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुँदैछ । पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । अष्ट्रेलियाको भने सम्भावना जिवीतै छ । अघिल्लो चरणका लागि अष्ट्रेलियाले जितेर मात्र पुग्दैन अन्य टोलीमा भर पर्नुपर्नेछ।
त्यसैगरी अर्को खेलमा समुह ‘सी’ कै डेनमार्क र फ्रान्स खेल्दैछन् । दुईको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।
राति पौने १२ बजे समूह ‘डी’ का अर्जेन्टिना र नाइजेरिया बीच खेल हुँदैछ । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ। राति पौने १२ बजेकै अर्को खेलमा खेलमा क्रोएसिया र आइसल्याण्ड भिड्दैछन् ।
प्रतिक्रिया