प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधि सभा बैठकको अवरोध हटाई सहजरूपमा बैठक सञ्चालनका लागि सभामुखज्यूले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ ।
  •  भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, नेकपाका सचेतक शान्ता चौधरी, राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।
  • संसदलाई सहज रूपमा अघि बढाउन सहमतिका लागि सभामुखले प्रयास जारी राख्नुभएको छ ।

प्रतिनिधि सभा बैठकको अवरोध हटाई सहजरूपमा बैठक सञ्चालनका लागि सभामुखज्यूले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, नेकपाका सचेतक शान्ता चौधरी, राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

संसदलाई सहज रूपमा अघि बढाउन सहमतिका लागि सभामुखले प्रयास जारी राख्नुभएको छ । आजको छलफल सकारात्मक भएको र सहमतिमै सदन सुचारू हुने सभामुखको विश्वास छ ।
भोलि बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ । संसद बैठक १ बजे बस्नेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?