प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति तोकियो

सारांश

  • काठमाडौं  ।
  • निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ।
  • आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।

काठमाडौं  । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’

समानुपातिकतर्फको बन्द सूचीको नाम पेश गर्ने र सच्याउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?