उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,

सारांश

  • २२ भदौ, काठमाडौं ।
  • प्रदेश नम्बर २ मा २ असोजमा हुन गइरहेको तेस्रो चरणको स्थानीय चुनावका लागि उल्लासपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको छ ।
  • आज राजधानीबाट प्रकाशित सबै दैनिक पत्रिकाले उम्मेदवार मनोनयनलाई प्राथमिकताका साथ लेखेका छन् ।

२२ भदौ, काठमाडौं । प्रदेश नम्बर २ मा २ असोजमा हुन गइरहेको तेस्रो चरणको स्थानीय चुनावका लागि उल्लासपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको छ । आज राजधानीबाट प्रकाशित सबै दैनिक पत्रिकाले उम्मेदवार मनोनयनलाई प्राथमिकताका साथ लेखेका छन् । पत्रपत्रिकाका अनुसार, ६६ हजार पदका लागि हुन गइरहेको निर्वाचनमा १८ हजारको उम्मेदवारी परेको छ।

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन ४२ दिनमै खारेज भएको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

८८ केजी सुन तस्करीको विषयलाई आज पनि केही पत्रिकाले लेखेका छन् । भारतकी प्रतिष्ठित पत्रकार गौरी लंकेशको हत्या भएकोदेखि आयल निगम जग्गा खरिदमा संसदीय समितिले निकालेको निष्कर्षलगायतका खबरले पत्रपत्रिका भरिएका छन् ।

प्रदेश २ को उम्मेदवारी मनोनयन शान्तिपूर्णलाई गोरखापत्र दैनिकले आज मुख्य खबर बनाएर लेखेको छ । बीपीबारे थप अनुसन्धान जरुरी रहेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको विचारलाई पनि गोरखापत्रले आज छापेको छ । प्रभावकारी बन्यो चोरी सिकार नियन्त्रण अभियानलाई गोरखापत्रले एंकर बनाएको छ ।

नागरिक दैनिकले आयल निगमको जग्गा खरिदमा भएको घोटालालाई आज पनि मुख्य खबर बनाएर छापेको छ । नागरिकले आफ्नो पहिलो पृष्ठमा उम्मेदवारी दर्ता उत्साहपूर्णदेखि नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएकोसम्मका खबरलाई स्थान दिएको छ ।

महानगरपालिकाको चुनावी आँकलन अन्नपूर्ण पोस्टमा पढ्न सकिन्छ । कान्तिपुरले ‘प्रदेश २ को स्थानीय चुनावः मुखिया चुन्न आतुर’ शीर्षक दिएर मुख्य खबर बनाएको छ । दलहरुबीच तालमेल नभएको र एक्लाएक्लै भिडेको खबरलाई पनि कान्तिपुरले छापेको छ ।

नयाँ पत्रिका दैनिकले प्रदेश नं. २ को स्थानीय तह निर्वाचन ६६ सय पदका लागि हुन लागे पनि १८ हजार चुनावी मैदानमा उत्रेको लेखेको छ ।

राजधानी दैनिकले हज अध्यक्ष सुहेव अहमदको बदमासीले बाँकेका १० जना हजयात्री यसवर्ष साउदीको मक्का मदिनामा जान नपाउने भएको लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?