बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र

सारांश

  • विनोदसिंह विष्ट बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् ।
  • तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
  • साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्र्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ ।

विनोदसिंह विष्ट

बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्र्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ । पछिल्ला तीन वर्र्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो । पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीयले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो । जङ्गली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौँ”, मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जङ्गली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयवासीरुले बताएका छन् ।

खाद्यान्न पनि अपुग

यसैबीच जिल्लामा उत्पादित खाद्यान्न जिल्लावासीलाई अपुग हुने गरेको छ । पछिल्ला वर्र्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जङ्गली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्ति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो ।”

जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । वार्षिक सात हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको चन्दले जानकारी दिनुभयो । बैतडीको मुख्य खाद्यबालीको रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्न अपुग हुन थालेको हो । पहिला पहिला थोरै आयात गर्नुपर्ने भए पनि पछिल्ला दश वर्र्षयता अपुग खाद्यान्नको परिमाण बढ्दै गएको चन्दको भनाइ थियो ।

मकैखेतीेको क्षेत्रफल घट्दै

यस्तै मकैखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको छ । कूल १४ हजार ५०० हेक्टर जमिनमा मकै खेती गरिँदै आएकोमा गत वर्र्ष १२ हजार २०० हेक्टर जमिनमा मकै खेती गरिएको छ । गत वर्र्षमा २३ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यो वर्र्ष १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको छ । मकैबालीमा बाँदर र जङ्गली बँदेलले व्यापक क्षति पु¥याएकाले मकैको उत्पादन घटेको हो । धान उत्पादनमा भने केही वृद्धि भएको छ । गत वर्र्ष १६ हजार ९०० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्र्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

(https://daveseminara.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाउने समय तालिका यस्तो छ
राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाउने समय तालिका यस्तो छ
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
ओस र मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल
ओस र मुसाबाट मतपत्र सुरक्षित छ : आयोग प्रवक्ता ढकाल
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
तुरतुरेको पहिरो निरीक्षण
तुरतुरेको पहिरो निरीक्षण
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?