प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?

सारांश

  • काठमाडौं, मंसिर ९– पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ ।
  • प्रदेश एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
  • पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर एकका सबै जिल्लामा एक–एक वटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् ।

काठमाडौं, मंसिर ९– पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । प्रदेश एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर एकका सबै जिल्लामा एक–एक वटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर एकमा जम्मा मतदाता २९ लाख ९३ हजार ७ सय ७४ जना रहेकोमा पहिलो चरणमा चुनाव हुने जिल्लामा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेका छन् । प्रदेश एकमा प्रतिनिधिसभाका लागि ६२ जनाले उम्मेदवारी दिएका छन् ।

पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर एकमा सबैभन्दा बढी मतदाता पाँचथरमा १ लाख २५ हजार २ सय १९ जना छन् । यहाँ ९ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा कम ६९ हजार ४ सय ११ जना मतदाता रहेको सोलुखुम्बुमा ७ जनाले उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै ओखलढुंगामा १ लाख २ हजार २ सय ५० जना उम्मेदवार र ९ जना उम्मेदवार, खोटाङमा १ लाख २५ हजार १ सय ८ जना मतदाता र १० जना उम्मेदवार र भोजपुर १ लाख १३ हजार ७ सय ४५ जना मतदाता छन् भने ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ताप्लेजुङमा ७८ हजार ३ सय ९७ जना मतदात, ८ जना उम्मेदवार र १ लाख ५ हजार ४६ जना मतदाता रहेको संखुवासभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर एकमा १ हजार ८ सय ६१ मतदानस्थलमा ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । पहिलो चरणमा ६ सय ९६ वटा मतदानस्थलका १ हजार २५ मतदान केन्द्रमा चुनाव हुँदैछ । यसमध्य सोलुखुम्बुका १ सय १८ मतदानस्थलमा १ सय २५ मतदान केन्द्र, ओखलढुंगाका ७८ मतदानस्थलमा १ सय ४१ मतदान केन्द्र, खोटाङका १ सय ३६ मतदानस्थलमा १ सय ७९ मतदान केन्द्र रहेका छन् ।

भोजपुरका ८७ वटा मतदानस्थलमा १ सय ४८ मतदान केन्द्र, ताप्लेजुङका ७३ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र, पाँचथरका १ सय १ मतदान स्थलमा १ सय ६५ मतदान केन्द्र र संखुवासभाका १ सय ३ मतदान स्थलमा १ सय ५३ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?