सिटिजन्स बैंकले २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सिटिजन्स बैंकले  २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने

सारांश

  • काठमाडौँ, २६ मंसिर।
  •  सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।
  • आर्थिक वर्ष २०७४/ ७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ ।

काठमाडौँ, २६ मंसिर। सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/ ७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ ।

यस्तै चुक्ता पूँजीको एक दशमलव ६३ प्रतिशले हुने रु १३ करोड १३ लाख ५६ हजार १४३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोसम्बन्धी जानकारी बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गरेको आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैंकले आव २०७४/७५ मा रु ९६ करोड ४९ लाख १२ हजार वितरणयोग्य नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?