प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

सारांश

  • लहान, ५ वैशाख , प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
  • विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।
  • सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।

लहान, ५ वैशाख , प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।

तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”

सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उहाँले भन्नुभयो – “बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।”

सोहीअवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गर्नुभयो ।

अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उहाँले मागसमेत गर्नुभयो । कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गर्नुभयो । यसैगरी, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पाँच जना र शिक्षा विभागका तारक धितालले १० जना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
देशको अर्थतन्त्र संकटतर्फ : ओली
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
Mom-to-be Sania Mirza flaunts her baby bump on the cover of this fashion magazine, see pics
Mom-to-be Sania Mirza flaunts her baby bump on the cover of this fashion magazine, see pics
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा

तपाईंले छुटाउनुभयो कि?