वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला

सारांश

  • काठमाडौं।
  • रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ ।
  • आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९।

काठमाडौं। रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ ।

आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९।४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।
सअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो।

वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।

भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?