मास्क छैन : अनुगमन भएन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
६९ पटक हेरिएको
Shares
मास्क छैन : अनुगमन भएन

सारांश

  • भक्तपुर।
  •  भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ।
  • त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण्याएका छन्।

भक्तपुर।  भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ। त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण्याएका छन्।
औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउँछन्। मास्क हुँदा रु १० सम्म बिक्री गरेको तर एक सातादेखि  नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उनले जानकारी दिए।  
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि  मास्क बिक्री गर्न नपाएको बताउँछन्। “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो”, उनले भने।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र  अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिए। उनले भने, “विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम, रुघाखोकी, ज्वरोको औषधि लिन आउने ह्वात्तै बढेका छन्।”
उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा  र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ। काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन्।
यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन। सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन। समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४०  औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ।
जिल्ला अस्पतालमा मास्क र ह्यान्ड सेनिटाइजर लिन आएका  भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि ती सामग्री नपाएको बताए। बीमाको औषधिमा समेत ठूलै लाइन लाग्ने गरेको छ। उनले भने, “कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बिमाको औषधि लिनेको घुइँचो छ, भक्तपुर अस्पतालमा पनि त्यस्तै देखेँ, औषधि आउँदैन भन्ने हल्लाले उपभोक्ता नै चार महिनासम्मलाई पुग्ने औषधि लान थालेको पाएँ।”
बीमाका औषधि चिकित्सकको सिफारिशभन्दा बढी दिन नपाइने भएपछि कतिपय बिरामी र आफन्तले चिकित्सकलाई दुई महिना, तीन महिनाका लागि औषधि लेखिदिनुस् न भन्ने गरेको भक्तपुर अस्पतालका चिकित्सकले बताउँछन्। एक सातायता बीमाको औषधि लिनेको भीड लाग्ने गरेको सो अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले जानकारी दिएको छ।
औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन्। भक्तपुरमा औषधि व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामकुमार थापाले डिलर र उत्पादकले नै औषधि कम पठाउन थालेपछि औषधिमा समेत कालो बजारी बढ्न थालेको बताउँछन्।
मध्यपुरथिमिमा औषधि व्यापार गर्दै आउनुभएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले हल्ला फैलाएपछि समस्या आएको गुनासो गर्छन्। उनी भन्छन्, “ हल्लाको भरमा मान्छे लाग्दा अहिले मूल्य निर्धारण भएर आउने औषधिमा समेत कालोबजारी हुन थालेको छ।” भारतले औषधि रोक्यो, औषधि अभाव हुन्छ समाचार आएपछि माग बढेको उनको भनाइ  छ।
 जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक/दुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन्। उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे  जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजारअनुगमन गर्ने बताउँछन्।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
साउन ३० गते शुक्रवारको राशिफल यस्तो छ
साउन ३० गते शुक्रवारको राशिफल यस्तो छ
छठ पर्वको चटारो :वीरगञ्जका पोखरी सजाइयो
छठ पर्वको चटारो :वीरगञ्जका पोखरी सजाइयो
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !
नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
मुख्यसचिवमा कसले मार्ला बाजी ?
मुख्यसचिवमा कसले मार्ला बाजी ?
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध