हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
सारांश
- काठमाडौं ।
- काठमाडौंका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
- क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष¹ प्रदर्शनमा रोक लगाएको भन्दै बुधबार उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन् ।
काठमाडौं । काठमाडौंका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।
क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष¹ प्रदर्शनमा रोक लगाएको भन्दै बुधबार उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन् ।
मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन् ।
बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंको हलमा प्रदर्शन गर्न रोक लगाएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया