पहिलाे एकदिवसियः टस हारेर नेपाल बलिङमा !
सारांश
- काठमाडाैँ, १६ साउन ।
- नेदरल्याण्डमा हुँदै गरेकाे पहिलाे एकदिवसिय क्रिकेट खेलमा नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।
- २ः४५ बाट हुने खेलमा नेपालले पहिले बलिङ गर्नेछ।
काठमाडाैँ, १६ साउन । नेदरल्याण्डमा हुँदै गरेकाे पहिलाे एकदिवसिय क्रिकेट खेलमा नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ । २ः४५ बाट हुने खेलमा नेपालले पहिले बलिङ गर्नेछ। नेदरल्यान्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।
नेदरल्याण्डमा एक दिवसीय दुईवटा खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता यो स्वरुपको खेल खेल्न लागेको पहिलो अवसर हो। पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड्स टोलीमा बेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् । नेपाल र नेदरल्याण्ड्सबीच आम्स्ट्राडाममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।
खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया