नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राज्यमन्त्री मो.
  • मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राज्यमन्त्री मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आलमको हिजो राति उपचारका क्रममा गंगालाल हृदय रोग केन्द्रमा निधन भएको थियो । प्रधानमन्त्री ओली हिजो दिउसो पुगी भेट समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन् ।

विज्ञप्तिमा आलमप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरीर आज शनिबार बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ ।

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार समेत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश
चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

तपाईंले छुटाउनुभयो कि?