निर्वाचन आयोगमा २१ दल दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
४८ पटक हेरिएको
Shares
निर्वाचन आयोगमा २१ दल दर्ता

सारांश

  • काठमाडौं ।
  • आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २१ वटा दल दर्ता भएका छन् ।
  • निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा भाग लिन सत्तारूढ दलहरू नेपाल कम्युनिष्ट पार्टी नेकपा र समाजवादी पार्टीसमेत गरी २१ वटा दल दर्ता भएका छन् ।

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २१ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा भाग लिन सत्तारूढ दलहरू नेपाल कम्युनिष्ट पार्टी नेकपा र समाजवादी पार्टीसमेत गरी २१ वटा दल दर्ता भएका छन् ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उपनिर्वाचनमा भाग लिन दल दर्ता भएको हो । त्यसैगरी अर्को सत्ता साझेदार समाजवादी पार्टी पनि दर्ता भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति एकीकरण भएपछि बनेको समाजवादी पार्टीले दल दर्ता गरेको हो ।

पहिलोपटक भदौ १६ गते सूचना प्रकाशित गर्दै आयोगले उपनिर्वाचनमा भाग लिनका लागि भदौ मसान्तसम्मको समय दिएको थियो । आयोगका उपसचिव तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार मंगलबार सम्म २१ वटा दल उपनिर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन् । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ । वि।स। २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचनपछि एकीकरण भएका वा गाभिएर नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ । २०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नुपर्ने बाध्यता नरहेको उनले बताए ।

आयोगका अनुसार उपनिर्वाचनमा भाग लिनका लागि दर्ता भएका अन्य दलहरूमा मंगोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० छन् ।

त्यसैगरी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस वीपी, ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, साझा पार्टी र हाम्रो पार्टी छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
शीर्ष नेताको रोमाञ्चक भिडन्त : चितवन क्षेत्र नं ३ मा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश
एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा
प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’