प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ।
  • युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ।

युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन्।

अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मिन बहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिवाना रकम समेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन्।

उनले भनेका छन्- ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्दा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धता सहित सो बापत प्रधानमन्त्री केपि शर्मा ओली ज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ। अत यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अत निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) को परिच्छेद ( २ ) को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठवर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु। आवश्यक प्रमाणहरु यसै निवेदनका साथ संलग्न गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान
भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान
यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला
यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
दाङका सबै सरकारी विद्यालय पढ्ने विद्यार्थीका हातमा किताव, कापी र शिक्षण सामग्री
त्रिभुवन विश्वविद्यालयमा साढे २ लाख विद्यार्थी घटे
त्रिभुवन विश्वविद्यालयमा साढे २ लाख विद्यार्थी घटे
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली

तपाईंले छुटाउनुभयो कि?