ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु

सारांश

  • काठमाडौं ।
  • ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ ।
  • लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोली खत्रीको घरमा पुगेको थियो ।

काठमाडौं । ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोली खत्रीको घरमा पुगेको थियो ।

तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’

प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरे ।

‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका थिए,’ अमात्यले भने, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो ।’

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ । घटनाको थप विवरण आउन बाँकी छ ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उचित संरक्षण र प्रचारप्रसार को अभाबमा रहेको उदयपुरको दोभान झरना
उचित संरक्षण र प्रचारप्रसार को अभाबमा रहेको उदयपुरको दोभान झरना
५७ हजार पर्यटक मुस्ताङमा
५७ हजार पर्यटक मुस्ताङमा
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
भ्रमण सफल भएको भारतले गर्यो दाबी
भ्रमण सफल भएको भारतले गर्यो दाबी
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
मङ्सिर भित्रै रेल सेवा सञ्चालनमा अाउने !
शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !