जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
सारांश
- काठमाडौं ।
- काठमाडौं उपत्यकाका सडकमा जेब्रा क्रसिङमाथि गाडी रोक्ने, जथाभावी हर्न बजाउने, मापसे गरी सवारी चलाउने एकैदिन आइतबार मात्रै १३ सय बढी सवारी चालकलाई कार्वाही गरेको छ ।
- ट्राफिक नियम उलंघन गर्दै हिड्नेलाई प्रहरीले दिनहुँ यसरी नै कार्वाहीस्वरुप जरिवाना तिराउने गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा जेब्रा क्रसिङमाथि गाडी रोक्ने, जथाभावी हर्न बजाउने, मापसे गरी सवारी चलाउने एकैदिन आइतबार मात्रै १३ सय बढी सवारी चालकलाई कार्वाही गरेको छ ।
ट्राफिक नियम उलंघन गर्दै हिड्नेलाई प्रहरीले दिनहुँ यसरी नै कार्वाहीस्वरुप जरिवाना तिराउने गरेको छ । सवारी चलाउँदा गलत ठाउँबाट ओभरटेक, हर्न बजाउने, जथाभावी पार्किङ, जेब्राक्रसिङमा सवारी रोक्ने, मापसेगरी सवारी चलाउनेलाई कार्वाही गर्ने गरिएको हो ।
ट्राफिक प्रहरीले दिनदिनै यतिकै मात्रामा सवारी चालकलाई कार्वाही गर्छ । काठमाडौंमा सबैलाई हतार भएको देखिन्छ । ट्राफिक प्रहरीले निम्नतम ५ सय देखि १५ सय रुपियाँसम्म जरिवाना तिराउने गरेको छ ।
ट्राफिक प्रहरीलाई देख्दासाथ मात्रै ट्राफिक नियम मान्ने र ट्राफिकले नदेख्ने स्थानमा जथाभावी सवारी चलाउने चालक धेरै भेटिन्छन् । विशेष अवस्थामा बाहेक जथभावी हर्न बजाउन पाइँदैन । तर, हर्न बजाएका कारण प्रहरीले २५ जनालाई कार्वाही गरेको छ । त्यसैगरी मापसे गरी सवारी चलाउने ७८ जनालाई कार्वाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
लेन अनुशासन उलंघन गर्ने १७१ जना, जथाभावी पार्किङ गर्ने १२७, जेब्राक्रसिङमाथि सवारी रोक्ने २२ जना, अन्य कार्वाही ८७४ गरी १३३२ जनालाई कार्वाही गरेको महानगरीय ट्राफिक महाशाखा कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया