दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
सारांश
- काठमाडाैं – प्रदेश राजधानीमा खटाइएका उच्च कर्मचारीहरू दुइ महिना पनि नबित्दै काठमाडौं फर्कने गरेका छन्।
- यसले गर्दा दुईदुई महिनमा प्रदेश प्रमुखको सरूवा हुने गरेको छ भने यसले कार्य सम्पादनमा पनि असर पर्ने गरेको छ।
- काठमाडाैं बाहिर दुई महिना पनि बस्न नसक्ने उच्च कर्मचारीहरू आफ्ना मातहतका कर्मचारीलाई भने सरकारले खटाएको ठाउँमा हाजिरी गर्न नगए कारबाही गर्ने चेतावनी पटकपटक दिने गर्छन्।
काठमाडाैं – प्रदेश राजधानीमा खटाइएका उच्च कर्मचारीहरू दुइ महिना पनि नबित्दै काठमाडौं फर्कने गरेका छन्। यसले गर्दा दुईदुई महिनमा प्रदेश प्रमुखको सरूवा हुने गरेको छ भने यसले कार्य सम्पादनमा पनि असर पर्ने गरेको छ। काठमाडाैं बाहिर दुई महिना पनि बस्न नसक्ने उच्च कर्मचारीहरू आफ्ना मातहतका कर्मचारीलाई भने सरकारले खटाएको ठाउँमा हाजिरी गर्न नगए कारबाही गर्ने चेतावनी पटकपटक दिने गर्छन्।
गत माघ १० मा बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो। सोअनुसार प्रदेश २ मा राजेश्वरमान सिंह, ३मा रेश्मीराज पाण्डे, गण्डकी प्रदेशमा लक्ष्मण अर्याल, ५ मा शंकर पाठक, कर्णाली प्रदेशमा मा सुरेश प्रधान र ७ मा लक्ष्मीराम पौडेललाई नियुक्त गरेको थियो। यसैगरी यादव कोइराललाई प्रमुख सचिवमा बढुवा गरी प्रदेश १ मा पठाएको थियो।
कोइराला दुई महिना पनि विराटनगरमा बसेनन्। हाल उनी काठमाडाैं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन्। यादव कोइरालापछि प्रदेश १ को प्रमुख सचिवमा सुरेश प्रधान खटाइए । प्रधान पनि दुइ महिनाभन्दा बढी विराटनगरमा बस्न सकेनन्। दुइ महिनामै उनी काठमाडांैमा आए । हाल उनी महालेखा नियन्त्रणको कार्यालयमा छन्।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया