यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले पत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ९, २०७३
|
|
३६९ पटक हेरिएको
Shares
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले  पत्र

सारांश

  • ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भएको पुनर्निर्माण र पुनस्र्थापनाले गति नलिएको भन्दै प्रधानमनत्री पुष्पकमल दाहालको ध्यानकर्षण गराएको छ ।
  • ट्रान्सपरेन्सी इनटरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले आइतबार प्रधानमनत्री पुष्पकमल दाहाललाई बुझाएको १० बुद्धे पत्रमा राजनीतिक अस्थिरताका कारण पुननिर्माण कागजमै सिमित भएको उल्लेख छ ।
  • ट्रान्सपरेन्सीले उपत्यका बाहिरका ११ वटै जिल्लामा सम्पर्क कार्यलय स्थापना गरी पीडितहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भएको पुनर्निर्माण र पुनस्र्थापनाले गति नलिएको भन्दै प्रधानमनत्री पुष्पकमल दाहालको ध्यानकर्षण गराएको छ ।
ट्रान्सपरेन्सी इनटरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले आइतबार प्रधानमनत्री पुष्पकमल दाहाललाई बुझाएको १० बुद्धे पत्रमा राजनीतिक अस्थिरताका कारण पुननिर्माण कागजमै सिमित भएको उल्लेख छ । ट्रान्सपरेन्सीले उपत्यका बाहिरका ११ वटै जिल्लामा सम्पर्क कार्यलय स्थापना गरी पीडितहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ । उसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, मुख्यसचिव अर्थ मन्त्रालय लगायतलाई बोधार्थ पठाएको छ ।
यस्तो छ ट्रान्सपरेन्सीको १० बुँदे ध्यानकर्षणपत्र ?
१. विनाशकारी भूकम्प गएको करिब २ वर्ष बित्न लागिसक्यो । दलहरु बीचको रस्साकसी र सरकारको अस्थिरताले गर्दा पुनर्निर्माणसम्बन्धी कामले आवश्यक गति लिन सकेको छैन । घरबार गुमाएदेखि अस्थायी टहरामा कष्टदायी जीवन बिताइरहेका पीडित नागरिकहरु पुनर्निर्माणको पर्खाइमा छन् । तर सरकारी संयन्त्रमार्फत यथाशीघ्र गरिनुपर्ने काममा ढिलासुस्ती भइरहँदा उनीहरुमा नैराश्यता पैदा भएको देखिन्छ । प्राकृतिक विपत् जस्ता संवेदनशील विषयमा सङ्कीर्ण राजनीतिक सोच र प्रभावहीन सरकारी कार्यशैलीका कारण पुनर्निर्माण कागजमा मात्र सीमित रहेको देखिन्छ । सङ्व्रmमणकालीन अवस्थामा पनि विकास निर्माणको कुनै काम थालनी गर्न नसक्ने देशका रुपमा नेपाल चिनिने संभावना भएको हुँदा मुलकको छबि बिग्रनबाट वचाउनु जरुरी भएकाले पुनर्निर्माण कार्यलाई राज्यको प्रमुख काम बनाउनुपर्छ ।
२. स्रोत साधन उपलब्ध गराउन धेरै दताहरु इच्छुक देखिएका छन् । विभिन्न स्वदेशी र विदेशी दाताहरुबाट पुनर्निर्माणमा आर्थिक सहयोग रहने आश्वासन प्राप्त भए तापनि पुननिर्माणको कामले अझै गति लिन सकेको छैन । निर्माण सामाग्री उपलब्ध गराउन अपनाउनुपर्ने सरकारी खरिदको प्रव्रिmया जटिल छ । केन्द्रबाटै धेरै खरिद हुने भएकाले केन्द्रीकृत एकद्वार प्रणालीको अभावमा निर्माण सामाग्रीको खरिद र वितरणको संयोजन गर्दागर्दै थप केही वर्ष लाग्ने देखिन्छ । सामाग्री उपलब्ध भएपछि मात्र निर्माण कार्य सुरू हुने भएकाले सरकारले खरिद सम्बन्धी विशेष व्यवस्था र प्रव्रिmया केन्द्र र जिल्लास्तरमा यथाशीघ्र प्रष्ट पारी पठाउन जरुरी छ ।
३. सरकार केही नीतिगत विषयमा स्पष्ट हुनु जरुरी छ । पहिलो किस्ता पाएकालाई दोस्रो किस्ता दिनुपर्ने भन्ने राजनीतिक दवाव कसरी निस्तेज पार्ने ? दोस्रो किस्ता कति हुनुपर्ने ? नापी नभएका र मोही नछुट्टिएको जग्गामा रहेकाहरुलाई के गर्ने ? स्वीकृत नक्साभन्दा भिन्न आपैmँ पुनर्निर्माण सम्पन्न भएका घरहरुलाई कतिसम्म रकम अनुदान दिने ? वस्ती पुनस्र्थापना कहाँ र कसरी सफल बनाउने ? निजी र दातृ निकायद्वारा गरिने पुनर्निर्माणको अनुगमन कसरी गर्ने जस्ता विषयमा अभैm अन्यौल छ । यस्तै जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालय र पुननिर्माण प्राधिकरणबीच संयोजन, गा.वि.स. प्राविधिकको कार्य विभाजन जस्ता विषय थप स्पष्ट नबनाए कार्यान्वयन तहमा जटिलता थपिने निश्चित छ । यस सम्बन्धमा आवश्यक नीति तथा कार्यव्रmमको चाँडो पुनरावलोकन हुनु जरुरी छ ।
४ भूकम्पबाट धेरै मानव तथा धनजनको क्षति हुनुका साथै मुलुकमा विकराल समस्या सिर्जना भएको छ । क्षतिबाट भएका नकारात्मक असरहरु न्यूनीकरण गर्न सरकारबाट भएका संरचानात्मक व्यवस्था र पुनर्निर्माणमा सम्बद्ध व्यक्तिहरुको क्षमतामा ठूलो फरक देखिन्छ । यसबाट पुनर्निर्माणको लक्ष्य प्राप्त नहुने र तयार भएका योजना लक्ष्य बमोजिम कार्यान्वयन हुन नसक्ने प्रष्ट छ । सम्बद्ध मन्त्रालयहरुमा भएका व्यवस्थापकीय र प्राविधिक मानव संशाधनलाई थप एकीकृत तवरले परिचालन गरी क्षमता अभिवृद्धि भए मात्र पुनर्निर्माणले गति लिने र आगामी ४–५ वर्षमा काम सम्पन्न हुन सक्ने भएकाले यसतर्फ कदम चाल्नु जरुरी देखिन्छ ।
५. सर्वेक्षण पश्चात् तयार गरिएको क्षति र पीडितको तथ्याङ्क सम्बन्धमा पनि विवाद रहेको पाइन्छ । वास्तविक पीडित छुटेको, नक्कलीे पीडित थपिएको, एउटै परिवार कागजी रुपमा धेरै पीडितमा परिणत भएको, क्षतिको मात्रामा फरक परेको, पीडितको नाम थर नमिली पहिलो किस्ता प्राप्त नभएको जस्ता विषय प्रमुख छन् । तथ्याङ्क फरक पर्दा स्रोत साधनको सही सदुपयोग नहुने, पीडितलाई न्याय नहुने, ठगी÷जालसाजीसम्म हुन सक्ने सम्भावना बढ्छ । त्यसैले चाँडै केही प्रतिनिधिमूलक तथ्याङ्कको पुनर्जाँच हुनु जरुरी छ । १४ जिल्लामै प्राथमिकताका साथ म्बतब ख्बष्मिबतष्यल गर्न त्जष्चम उबचतथ लाई पनि प्रयोग गरिनुपर्दछ ।
६. पुनर्निर्माण सम्बन्धमा अधिकांशले गुनासो नगरी चित्त बुझाउने गरेको पाइन्छ भने २ लाखभन्दा बढी जनगुनासो लिखित रुपमा सङ्कलन भएको छ । धेरै गुनासो मौखिक हुने परिप्रेक्षमा वास्तविक गुनासोको सङ्ख्या अझ बढी हुन सक्छ । सरकारबाट गुनासो सङ्कलन भएपछि नागरिकले चाँडो सम्बोधनको आशा गरेका हुन्छन् । सम्बोधन भएका गुनासोबारे समयमै जानकारी गराउनुपर्छ । गुनासो समाधन गरी सङ्ख्या घटाउन व्यवस्थापन सक्षम भएको देखिँदैन । समाधान कम र गुनासोको सङ्ख्या बढ्दो छ । यसले पीडित र अन्य नागरिकमा नैराश्यता बढाएको छ । लोकतान्त्रिक व्यवस्थामा नागरिकनै सर्बोपरी हुने र त्यसमा पनि पीडित नागरिकमा विशेष ध्यान दिनुपर्ने भएकाले गुनासो सम्बोधन सम्बन्धी सम्पूर्ण सरकारी संयन्त्रहरुलाई एकीकृत रुपमा यस कार्यमा परिचालन गर्न जरुरी छ ।
७. पीडितलाई पहिलो किस्ताको भुक्तानी हुनु स्वागत योग्य छ ।सम्झौता ढिलै भए पनि उपत्यकाबाहिरका अधिकांशले पहिलो किस्ता पाएका छन् । तर पहिलो किस्तामा प्राप्त भएको रकम पुनर्निर्माणमा खर्च भएको देखिँदैन । पहिलो किस्ता पाउने मध्ये उल्लेखनीय प्रतिशतले सो रकम पुनर्निर्मांणको काममा प्रयोग नगर्ने हुन् कि भन्ने शंका छ । त्यसकारण त्यो किस्ताको प्रयोगबारे पनि प्रतिनिधिमूलक सर्वेक्षण हुनु जरुरी छ । यसले सम्भावित दोस्रो किस्ता उपभोगीको सङ्ख्या आकलन गर्न पनि मदत गर्दछ । पहिलो किस्ताको सही सदुपयोग गरेमा दोस्रो किस्ता समयमै उपलब्ध गराउन सकिने हुन्छ । यसका लागि सरकारले दोस्रो किस्ता सम्बन्धमा रहेको अन्यौल हटाउन जरुरी छ । किस्ताको निर्णय समयमै कार्यान्वयन गर्न सरकार ढृढ हुनु पर्दछ ।
८. पुनर्निर्माणमा सहयोग गर्छु भनी प्रतिबद्धता जनाएका दातृ निकायहरुबाट सरकारलाई प्राप्त भएको सहयोग सराहनीय.छ । केही प्रतिबद्धता जनाइएका सहयोग विभिन्न शर्तका साथ अघि बढाएको देखिन्छ । नेपालमा सम्पन्न हुने सबै पुनर्निर्माण नेपाल सरकारको सहमतिमा हुनु जरुरी छ । त्यस कारण प्रत्यक्ष वा परोक्ष रुपमा दातृ निकायको सहयोग नेपाल सरकारलाई पूर्ण र सद्भावयुक्त हुनु त्यतिकै आवश्यक हुन्छ । यसका लागि सरकारले दाताबाट सहयोग ग्रहण गर्ने सम्बन्धी नीतिमा वmेही परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।
९. पुनर्निर्माण जस्ता गम्भीर विषय पारदर्शी हुनु जरुरी छ । यसबारे प्रधानमन्त्रीज्यूको तर्पmबाट हरेक महिना सार्वजनिक जानकारी गराइनु पर्दछ । पुनर्निर्माणसँग सम्बद्ध निकायका योजना, तथ्यांक र प्रगतिको विश्लेषणसहित महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुसमेतको संलग्नतामा पत्रकार सम्मेलन आयोजना गरी विवरण सरल रुपमा सार्वजनिक हुन जरुरी छ । महिनावारी आम्दानी र खर्चको विवरण जिल्ला स्तरीय वर्गीकरणका आधारमा सरल भाषामा प्रचार गर्दा सरकारको विश्वसनीयता र जनतामा राज्यप्रति सकारात्मक सोच बढ्न जान्छ ।
१०. शिक्षा, स्वास्थ्य, सरकारी सेवा जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । अधिकांश नागरिकहरुसँग प्रत्यक्ष सरोकार रहने यी क्षेत्रहरु सम्बन्धी मन्त्रालय, विभाग र कार्यालयलाई विशेष योजना बनाउन लगाई पहिलो प्राथमिकतामा पुनर्निर्माण गर्ने व्यवस्था गराउन जरुरी छ ।
पीडित नागरिकको दैनिकीमा प्रत्यक्ष रुपमा असर पार्नेे उपरोक्त उल्लेखित बुँदा सरोकारवालाहरुको सामूहिक र प्रतिनिधिमूलक सुझाव हुन् । तसर्थ यस सम्बन्धमा यहाँको ध्यानाकर्षण हुनेछ र यी विषयले आवश्यक महत्व पाउनेछ भन्ने विश्वास यो संस्थाले लिएको छ । यी विषयहरुमा यस संस्थाका जिम्मेवार पदाधिकारीहरु यहाँलाई थप जानकारी पनि गराउन इच्छुक रहेका छौं । नियमित सम्पर्क र सम्वादको बाटो खोल्ने प्रबन्ध हुनसके समयसमयमा प्रत्यक्ष भेटघाट गरी जानकारी गराउने प्रतिवद्धतासमेत गर्दै हामी हाम्रो जिम्मेवारी पूरा गर्न इच्छुक रहेको बेहोरा पनि सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
चीनको टकराव बढ्यो पश्चिमा देशहरुसँग
चीनको टकराव बढ्यो पश्चिमा देशहरुसँग
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
नागदहमा एकै दिनमा एक लाख पर्यटक !

तपाईंले छुटाउनुभयो कि?