प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

काठमाडौँ । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाएका छन् ।

अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रनाउ अर्यालले जानकारी दिए । निजलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण
अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
किसान राहत रकम पाउनबाट वञ्चित
किसान राहत रकम पाउनबाट वञ्चित
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा