प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी

सारांश

  • काठमाडौं, २० जेठ – संघीय संरचनासँगै नेपाल प्रहरीले पनि प्रहरीको संख्या थप गर्ने भएको छ ।
  • प्रहरीले गृह मन्त्रालय समक्ष एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी माग गरेको छ ।
  • प्रहरीले सरकारसँग एकैपटकमा ८ हजार प्रहरीको थप गर्नेगरी दरबन्दी माग गरेको हो ।

काठमाडौं, २० जेठ – संघीय संरचनासँगै नेपाल प्रहरीले पनि प्रहरीको संख्या थप गर्ने भएको छ । प्रहरीले गृह मन्त्रालय समक्ष एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी माग गरेको छ । प्रहरीले सरकारसँग एकैपटकमा ८ हजार प्रहरीको थप गर्नेगरी दरबन्दी माग गरेको हो ।

प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा प्रहरी युनिट राख्नेगरी प्रहरी प्रधान कार्यालयले थप दरबन्दी मागेको जनाएको छ । अहिले नेपालभर ७ सय ५३ वटा स्थानीय तह रहेका छन् । त्यसमध्ये ४ सय ६० वटा गाउँपालिका रहेका छन् ।

देशभर प्रहरीले ३ सय ३५ युनिट मात्र रहेका छन् । अझै ३० वटा गाउँपालिका प्रहरी युनिटविहिन छन् । प्रहरी युनिट नभएका स्थानमा राखिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरकारसँग एसएसपीदेखि सिपाहीसम्मको दर्जाका लागि दरबन्दी मागिएको हो । बढाइएका २ जिल्ला नवलपरासी र रुकुममा डिएसपीदेखि सिपाहीसम्मको दरबन्दी आवश्यक छ । दरबन्दीका लागि गृह मन्त्रालयमा पत्र पठाइसकिएको छ ।

(Tapentadol)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rekam Khadka

    देशमा रहेका कमचारिलाई तलब खुवाउन नसकने सरकार अबतिमिहरू के काे Nepal police काे मागगरेर बस व।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?