प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
५५ पटक हेरिएको
Shares
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा

सारांश

  • काठमाडौं ।
  • काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीलाई जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
  • तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्यक्रममा उनले जनता, समाज र प्रहरीबीच सहकार्यको कुनै विकल्प नभएको उल्लेख गरे।

काठमाडौं । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीलाई जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्यक्रममा उनले जनता, समाज र प्रहरीबीच सहकार्यको कुनै विकल्प नभएको उल्लेख गरे। साथै प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न र चुनौतीपूर्ण अवस्थासँग सामना गर्न प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा पनि उनले जोड दिए।

केहिदिन अघि मात्र हाजिर भएका थापाले काठमाडौं प्रहरी को मनोबल उच्च राख्न र शान्ति सुरक्षाको सवालमा कुनै किसिमका सम्झौता नगरिने पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?