जखेरा तालमा पर्यटकको घुइँचो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
५९ पटक हेरिएको
Shares
जखेरा तालमा पर्यटकको घुइँचो

सारांश

  • लमही, ११ असोज ।
  • लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
  • दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिनुभयो ।

लमही, ११ असोज । लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिनुभयो ।तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरु आउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

लमही नगरपालिका–३ को उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीयस्थल हो । सात बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षत्रमा गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ ।तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहा पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ । वन भोजका लागि उपयुक्त यहाँको तालमा माछापालन शुरु गरिएको छ । माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो ।पर्यटकको सङ्ख्या बढ्दै गर्दा ताल व्यवस्थापनको अभाव खट्किन तथा झारपातले तालको सौन्दर्य ढाक्न थालेको छ ।

एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सकिरहेको छैन । तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा विदेशी पर्यटक भित्र्याउन सकिने बताइएको छ । ताल संरक्षण गर्न रु २० लाख बजेट विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …
शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुमारी बैंक र टाइटन जिम एण्ड फिटनेसबीच सम्झौता
कुमारी बैंक र टाइटन जिम एण्ड फिटनेसबीच सम्झौता
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
कांग्रेस गुटले दुई भाइको बोली नै बन्द गरायो
कांग्रेस गुटले दुई भाइको बोली नै बन्द गरायो
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा.  प्रकाशशरण महत
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा. प्रकाशशरण महत
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा