एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ ।
  • एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरु हुने छ । कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिनुभएकामा निर्वाचन समितिले उनको उम्मेदवारी आधिकारिकरुपमा नपरेको जनाएको छ ।

यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ भने निर्वाचन समितिको प्रमुखमा अधिवक्ता डिल्ली मैनाली रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका माथि बलात्कार
७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका माथि बलात्कार
महिनाभरीकाे हाजिर एकैदिन !
महिनाभरीकाे हाजिर एकैदिन !
आजको मौसमः कतै हावाहुरी, कतै चट्याङसहितको वर्षा
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
Mostbet 27 Betting Company And On-line Casino In Banglades
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?