फेरियाे सुरक्षा रणनीति : आवश्यक परे गोली हान्ने अधिकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
१
|
८१ पटक हेरिएको
Shares
फेरियाे सुरक्षा रणनीति : आवश्यक परे गोली हान्ने अधिकार

सारांश

  • विप्लवमाथि आशंका : पक्राउ पर्ने ९९ प्रतिशत विप्लव कार्यकर्ता : प्रहरी सुरक्षा निकाय थप आक्रामक प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् ।
  • शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।
  • गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए ।

विप्लवमाथि आशंका :

पक्राउ पर्ने ९९ प्रतिशत विप्लव कार्यकर्ता : प्रहरी

सुरक्षा निकाय थप आक्रामक

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए । ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।

सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे । ‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ,’ उनले भने ।

 आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार
गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Netra Ghimire

    ठाेके हुन्छ हान्ने र हान्न सिकाउने सहित मतियारलाई पनि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
4rabet At A Glance
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो