लागूआषैध र गाँजा सहित तीन जना पक्राउ
सारांश
- मकवानपुर,२७ जेठ ।
- जिल्ला प्रहरी कार्यालय मकवानपुरले बन्दुक लागू आषैध २६४ एम्पुल र गाँजा सहित आइतबार मकवानपुरका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको छ ।
- गाँजा र भरुवा बन्दुक सहित बकैया गाउँपालिका–६ बाट १ जनालाई र हेटौंडा १० को बसपार्क बाट दुई जनालाई लागू औषध सहित पक्राउ गरेको हो ।
मकवानपुर,२७ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बन्दुक लागू आषैध २६४ एम्पुल र गाँजा सहित आइतबार मकवानपुरका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको छ ।
गाँजा र भरुवा बन्दुक सहित बकैया गाउँपालिका–६ बाट १ जनालाई र हेटौंडा १० को बसपार्क बाट दुई जनालाई लागू औषध सहित पक्राउ गरेको हो । सुचनाको आधारमा प्रहरी टोलीले बकैया–६ स्थित ज्यामिरे बस्ने ४०बर्ष का सन्त जिम्बा को घर खानतलासी गर्द प्लास्टीकको २ वटा बोरामा लुकाई राखेको २९ किलो २०० ग्राम अबैध लागू औषध गाँजा र १ नाल भरुवा बन्दुकसहित जिम्वा लाई पक्राउ गरेको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित बसपार्कमा विरगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ७३११ नम्बरकोे सुमोलाई रोकी जाँच गर्दा दुई जनालाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुमोमा सवार नुवाकोट जिल्ला बखगाउँ गाउँपालिका–८ बस्ने ३९ वर्षीय अर्जुन बहादुर प्याकुरेल र रामेछाप जिल्ला रसनालु गाउँपालिका–५ बस्ने २७ वर्षीय उमेश खत्रीको साथबाट प्लास्टिकले बेरेर लुकाइ छिपाई ल्याएको लागु औषध फेनार्गन–८८ एम्पुल, नोरफिन–८७ एम्पुल र डाईजोपाम–८९ एम्पुल गरी जम्मा २६४ एम्पुल बरामद गरेको हो ।
मकवानपुर प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ आएपछी जिल्लाको सुरक्षा मजबुद भईरहेको देखीएको छ ।
प्रतिक्रिया