“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।

सारांश

  • काठमाडौं २५ कार्तिक ।
  • महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले नेपाललाई सनतान हिन्दु राष्ट्र कायम गर्नको लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले मत दिनुपर्ने बताएका छन् ।
  • रिपोर्टर्स क्लब नेपालमा विश्व हिन्दु यूवासंघ अन्तराष्ट्रिय समितिले आयोजना गरेको स्रष्टा सम्मान तथा गोष्ठीमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन ।

काठमाडौं २५ कार्तिक । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले नेपाललाई सनतान हिन्दु राष्ट्र कायम गर्नको लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले मत दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा विश्व हिन्दु यूवासंघ अन्तराष्ट्रिय समितिले आयोजना गरेको स्रष्टा सम्मान तथा गोष्ठीमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन । थापाले काँग्रेससँग केही फरक मत हुँदाहुँदै पनि नेपाललाई हिन्दुराष्ट्र कायम राख्न काँग्रेसले मात्रै सक्ने बताउँदै आफूहरुले कांग्रेको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठन गरेको स्पष्ट पारे ।
उनले भने,‘संविधान जारी भएको दिनमा नेपाललाई हिन्दुराष्ट्रविहिन बनाईयो, आन्दोलनका क्रममा धर्मनिरपेक्षता र संघीयताको विषय कतै थिएन तर एकाएक कसरी यो सम्भव भयो ? हाम्रो पार्टी यसैको निम्ति लडिरहेको छ, फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्, हामी कुनैपनि हालतमा हिन्दुराष्ट्र कायम गरेर छोड्नेछाँै, धर्मनिरपेक्षता होईन, धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
त्यस्तै महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराईले पनि हिन्दु राज्यको पक्षधरलाई आगामी निर्वाचनमा भोट दिनको लागि आग्रह गरिन्।
उनले भनिन्,‘हाम्रो मुलुक २ अर्ब सनातन हिन्दुहरुको मुल बासस्थान हो, यस पवित्र भूमिलाई पैसामा किनबेच गर्ने बैरीहरुलाई जनताले ठेगान लगाउनैपर्छ।’
धर्मबिनाको मानिस अनैतिक र अधर्मी हुने भन्दै नेपालका कम्यूनिष्टहरुले बाआमा मर्दा समेत किरियाकाज नगर्ने तर मुलुकलाई बिदेशी अखडा बनाउने गरेको आरोप लगाउँदै  राज्यमन्त्री भट्टराईले परम्परादेखि चलिआएको हिन्दु संस्कार र संस्कृतिलाई बचाउनको लागि तत्काल जनताले जोखिम उठाउनुपर्ने बताईन ।
त्यस्तै कार्यक्रममा नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वामी श्री रामबाबा, रामेश्वर गोदार थापा, शम्भुप्रसाद निरौला, शंकर खराल, केदारमान भण्डारी लगायतका व्यक्तिलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुले नेपाललाई कुनैपनि हातलमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने धाराणा राखेका छन् । विकसित राजनीतिक ध्रुवीकरणले मुलुकलाई असहजतामा धकेल्ने भन्दै संस्थाका अध्यक्ष सागर थापाले जनता सजक हुनुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?