सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सारांश
- काठमाडौं २२ असोज .
- मदन भण्डारी स्पोर्ट्स एकेडेमि द्वारा अायोजित उपत्यकाब्यापि अन्तर कलेज फुटसल प्रतियोगिता समापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
- बिजया दशमि तथा शुभदिपावलि को शुभकामना अादान प्रदान साथै फुटसलको समापन कार्यक्रम धनन्तवरी फुटसल चाबहिलमा सम्पन्न भएको हो ।
काठमाडौं २२ असोज .मदन भण्डारी स्पोर्ट्स एकेडेमि द्वारा अायोजित उपत्यकाब्यापि अन्तर कलेज फुटसल प्रतियोगिता समापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिजया दशमि तथा शुभदिपावलि को शुभकामना अादान प्रदान साथै फुटसलको समापन कार्यक्रम धनन्तवरी फुटसल चाबहिलमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेल ,अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल र क्रान्तिकारीका सचिब एमपि साउद अनेरास्ववियु केन्द्रीय सदस्य उदेश राई ,युवासंघ नेपालका केन्द्रीय सदस्य दिनेश ढकाल लगायत क्रान्तिकारीका नेता तथा नेबिसंघका नेता हरुको उपस्थिति थियो,भने उक्त अन्तर कलेज फुटसल कार्यक्रमको अध्यक्षता अनेरास्ववियु केन्द्रीय सम्पर्क बिगाग सचिब सागर भट्टले गरेका थिए ।
जसमा प्रथम हुनेमा सेन्टलयर्स कलेज, दितिय अारएन् ईन्जिनियरिङ कलेज र तृतिय हुनेमा पशुपति कलेज रहेको थियो । जसको पुरस्कार क्रमश :30 हजार ,२० हजार र १० हजार रहेको थियो ।उक्त कार्यक्रममा अनेरास्ववियुकि उपाध्यक्ष सुनिता बरालले फुटबल दिमाग र खुट्टाको सन्तुलनले खेलिन रोमान्चित खेल हो , यसले मानिसलाई स्वास्थ्य र फुर्तिलो बनाउने बताईन् भने युवासंघका अध्यक्ष ले सोही कुरालाई रोमाञ्चित ( ठट्याउलि ) रुपमा दोहोराउदै समग्र राष्ट्रिय राजनितिका सन्दर्भहरुका बिषयमा अाफ्नो समय खर्चेका थिए ।
उनले थपे मुलुकले दुईतिहाईको स्थिर सरकार पाएको छ । ढुक्क हुनुस मुलुक बिकाशको गतिमा अगाडि बढिसक्यो ,सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश कसैले बनाउछ भने यहि केपिअोलिको सरकारले बनाउछ । नेपालीले पनि बिश्वकप खेल्ने सुनौलो अवसर पाउन धेरै गार्हो छैन् १ दिन अवश्य खेल्नेछ नेपालििहरु केहिमा कमि छैनन् ,बिश्वकपको प्रशंग जोड्दै म भने पनि मेस्सिको फ्यान हु ।
प्रतिक्रिया