कानुनी मन्त्रीमा गोविन्द बन्दी
सारांश
- काठमाडौं।
- अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्।
- बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए।
काठमाडौं। अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन्।
नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ। बन्दी संघीय संसदमा सदस्य छैनन्। ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ। [image: Govinda-Bandi-1024×624.jpg]
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया