टेलिफोनको समस्याले स्थानीयवासी हैरान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
टेलिफोनको समस्याले स्थानीयवासी हैरान

सारांश

  • जाजरकोट , १६ कात्तिक   यहाँका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
  • बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ ।
  • जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो ।

जाजरकोट , १६ कात्तिक   यहाँका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो । टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो ।

टावरमा राखिएका सौर्य उर्जा वर्षांै पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा–८ का हरिबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?