ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच अघोषित समिकरण लामोसमययता चलिरहेको छ ।
  • ओली प्रधानमन्त्री र देउवा प्रमुख प्रतिपक्षी दलको नेता भएपनि दुवैबीच बलियो अघोषित समिकरण चलिरहेको देखिन्छ ।
  • ओली प्रधानमन्त्री भएपछि देउवाले निकै सहज बनाइदिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच अघोषित समिकरण लामोसमययता चलिरहेको छ । ओली प्रधानमन्त्री र देउवा प्रमुख प्रतिपक्षी दलको नेता भएपनि दुवैबीच बलियो अघोषित समिकरण चलिरहेको देखिन्छ । ओली प्रधानमन्त्री भएपछि देउवाले निकै सहज बनाइदिएका छन् । संवैधानिक नियुक्तिहरुमा पनि देउवाले भागवण्डामा सहमति जनाउँदै आए । जसका कारण उनले ओलीलाई अप्ठ्यारो पारेनन् । बरु ओलीबाट फाइदा लिन लागिरहे ।

ओली सरकारको विरोधमा पनि देउवा खासै देखिएनन् । उनी बरु सहयोगी भूमिकामा रहे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवा कडा रुपमा प्रस्तुत भएनन् । बरु उनी ओलीकै शैलीमा चुनावको पक्षमा उभिए । प्रतिनिधि सभा विघटनपूर्व भएको संवैधानिक निकायको नियुक्तिमा देउवा निकटस्थहरु पनि परे । यसबाट पनि भित्री रुपमा सहकार्य खुल्यो ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्रीको प्रस्ताव लिएर देउवाको निवास बुढानिलकण्ठ पुगे । देउवाले पुनःस्थापनाको पक्षमा साथ दिएमा प्रधानमन्त्री बन्न साथ दिने शर्तसहितको प्रस्ताव लगेपनि तयार भएनन् । पुनःस्थापनापछि पनि प्रचण्ड र नेपाल पुगे । तर, देउवा सकारात्मक भएनन् ।

यसरी ओलीसँग देउवाको निकटता हुनुमा उनले प्रचण्डलाई अविश्वास गर्नु पनि मुख्य कारण हो । विगतमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय चुनावमा देउवाको साथ छाडेर ओलीसँग चुनावी सहकार्य गरेका थिए । जबकि देउवाले स्थानीय चुनावमा प्रचण्डलाई दरिलो सहयोग गरेका थिए । प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर जिताउन देउवाले पार्टीभित्र ठुलै बल प्रयोग गरेका थिए । तर, प्रचण्ड ओलीसँग सहकार्यमा पुगेपछि देउवा चिढिए ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पनि देउवाको ओलीसँग मत मिल्छ । दुवै एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । प्रचण्ड एमसीसीको विपक्षमा देखिदै आएका छन् । यसले पनि देउवालाई ओलीसँग नजिक ल्याएको छ । देउवा यही विषयका कारण पनि अझै ओलीसँग मिलेर जाने पक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
जहाँ काम गर्न निर्वस्त्र हुनुपर्छ, तपाइँ तयार हुनुहुन्छ ?
जहाँ काम गर्न निर्वस्त्र हुनुपर्छ, तपाइँ तयार हुनुहुन्छ ?
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे परराष्ट्र अनविज्ञ
रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि

तपाईंले छुटाउनुभयो कि?