नर्भिकमा डेङ्गू विरामीको चाप बढेपछि छुटै वार्डको व्यवस्था
सारांश
- डेङ्गुले महामारीको रुप लिन थालेपछि अहिले मुलुकभर संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ ।
- नर्भिक अस्पतालमा पनि डेङ्गुका विरामीको चाप बढ्दै गएपछि अस्पतालले डेङ्गु संक्रमितको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।
- हाल नर्भिकमा १ दर्जनभन्दा बढी डेङ्गु ज्वरोका विरामीले उपचार गराइरहेका छन् ।
डेङ्गुले महामारीको रुप लिन थालेपछि अहिले मुलुकभर संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । नर्भिक अस्पतालमा पनि डेङ्गुका विरामीको चाप बढ्दै गएपछि अस्पतालले डेङ्गु संक्रमितको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जनभन्दा बढी डेङ्गु ज्वरोका विरामीले उपचार गराइरहेका छन् ।
डेङ्गु संक्रमितको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।
उक्त वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत र उपचारका लागि विशेष सहुलियत दरमा डेङ्गू परीक्षण किट समेत उपलब्ध हुने बताइएको छ । यदी कसैलाई डेङ्गू ज्वरो भएको शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत अस्पतालले मिलाएको छ ।
प्रतिक्रिया