फेसबुक चलाउने ‘८ करोडभन्दा बढीको विवरण दुरुपयोग’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
फेसबुक चलाउने ‘८ करोडभन्दा बढीको विवरण दुरुपयोग’

सारांश

  • केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ।
  • ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ।
  • गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए।

केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ।

ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ।

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए।

फेसबुकका प्रमुख मार्क जकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा “अझै धेरै गर्न सकिन्थ्यो” भन्दै त्यसविषयमा “थप काम गरिने” बताएका छन्।

एक पत्रकार सम्मेलनमा जकर्बर्गले भने, “मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ।”

उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती “औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी” लिनुपर्नेमा जोड दिए।

जकर्बर्गको भनाइमा प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गर्नेछ।

फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने विषयमा लेखिएको छ।

बीबीसीले बुझे अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ।

ती मध्ये अधिकांश प्रयोगकर्ता अमेरिकाका भएको बताइएको छ। १६ प्रतिशतभन्दा केही बढी प्रयोगकर्ता चाहिँ अन्य देशका भएको अनुमान छ।

– बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?