फोरममा मिसियो कम्युनिष्ट पार्टी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
फोरममा मिसियो कम्युनिष्ट पार्टी

सारांश

  • काठमाडौं ।
  • संघीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ मिसिएको छ ।
  • कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताए ।

काठमाडौं । संघीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ मिसिएको छ । कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताए । शनिबार आयोजित कार्यक्रममा पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताए । कार्यक्रममा फोरमका सहअध्यक्ष श्रेष्ठले संघीय शासन प्रणालीलाई संस्थागत गर्न पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

समाजवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता गर्दै लैजाने भन्दै नयाँ ढङ्गको पार्टी बनाउनका लागि सिद्धान्त, सङ्गठन र कार्यशैली मिल्ने पार्टीसँग एकता गरिएको बताए ।

कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताए । फोरममा प्रकाश अधिकारीको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्सवादी) पनि मिसिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?