कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
  • गएको आम निर्वाचनमा झापाको क्षेत्र नं.

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । गएको आम निर्वाचनमा झापाको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग पराजित भएका सिटौलाले राष्ट्रियसभाको सदस्यका लागि मनोनयन दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसको पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले आज विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?