सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आइडल

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १३, २०७७
|
|
१९ पटक हेरिएको
Shares
सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आइडल

सारांश

  • सज्जा चौलागाई तेस्रो नेपाल आइडल भएकी छिन् ।
  • शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल(३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् ।
  • फष्ट रनरअप प्रविण बेडुवाल भए भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् ।

सज्जा चौलागाई तेस्रो नेपाल आइडल भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल(३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् । फष्ट रनरअप प्रविण बेडुवाल भए भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम एपी वान टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका हुन् ।

एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। विजेता चौलागाँईले ‘नेपाल आइडल(३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।

त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्। उक्त कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?