मानव तस्करीको नयाँ रुट भारतको मनिपुरबाट १७९ जनाको उद्दार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मानव तस्करीको नयाँ रुट भारतको मनिपुरबाट १७९ जनाको उद्दार

सारांश

  • काठमाडौं ।
  • मानव बेचबिखनका लागि लगी अलपत्र पारिएको आशंकामा भारतबाट १ सय ७९ जना नेपालीको उद्दार गरिएको छ ।
  • मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुराइएका १ सय ४७ महिला र ३२ जना पुरुषलाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं । मानव बेचबिखनका लागि लगी अलपत्र पारिएको आशंकामा भारतबाट १ सय ७९ जना नेपालीको उद्दार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुराइएका १ सय ४७ महिला र ३२ जना पुरुषलाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्दार गरेको हो ।

उद्दार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया शुरु गरिएको र सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताए ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना संकलन गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलको एक होटलमा किशोरी  मृत फेला, सँगै होटल पुगेका युवक फरार
बुटवलको एक होटलमा किशोरी मृत फेला, सँगै होटल पुगेका युवक फरार
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
काठमाडौँमा भूकम्पको धक्का महसुस
काठमाडौँमा भूकम्पको धक्का महसुस
ओली चौधरी बीच टक्कर, अर्बपति चौधरी माथि निगरानी बढाउँदै सरकार
ओली चौधरी बीच टक्कर, अर्बपति चौधरी माथि निगरानी बढाउँदै सरकार