स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
३९ पटक हेरिएको
Shares
स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।
  •        रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै ¥यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।
      
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै ¥यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् ।
  
जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला÷स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिए ।
  
रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो ।
  
“अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र ¥यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ ।”
  
रास्वपाका अनुसार आरएटीले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्नेछ । अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्र्ने पार्टीका प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ
रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
वातावरण संरक्षणका लागि बुटिक चौतारी
वातावरण संरक्षणका लागि बुटिक चौतारी
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
डा.केसीको आन्दोलनकाे चिकित्सकले नै गरे विरोध
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
काभ्रेपलाञ्चोकको भुम्लुटार र फलाटेमा पुनःनिर्माण हुन सकेन
नेताहरुको दादागिरी र युवाहरूको हनुमानगिरी
नेताहरुको दादागिरी र युवाहरूको हनुमानगिरी