तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुले तोपसँग खुकुरीले लडेर बचाएका देशलाई जोगाउनुपर्ने बताएका छन् ।
  • “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक जोगाउनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुले तोपसँग खुकुरीले लडेर बचाएका देशलाई जोगाउनुपर्ने बताएका छन् । “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक जोगाउनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।”

सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डिकेट अन्त्यका लागि प्रतिवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईवर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले कांग्रेसको आकार घट्दै-घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।

तत्कालीन एमाले र माओवादीका मजदूर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने बताए ।

“माइतीघरमा दुई सय जना जति मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भने, “त्यत्ति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।”माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“मण्डलामा आन्दोलन भएपछि त्यसको हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” प्रधानमन्त्रीले भने, “यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा उतिकै छ ।”

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजसम्म आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।”

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shailesh Gm

    पर्दैन बेचे हुन्छ उखाने

    Comment Author

    Durga Adhikari

    very good idea baje

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुखबाट लडेर एक वृद्धको निधन
रुखबाट लडेर एक वृद्धको निधन
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध
पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध
आजको राशिफल
आजको राशिफल
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
ढोरपाटनमा नाउर र झारलको सिकार
ढोरपाटनमा नाउर र झारलको सिकार
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो

तपाईंले छुटाउनुभयो कि?