फेवातालमा एक जना मृत भेटिए !
सारांश
- कास्की, २३ जेठ ।
- फेवातालमा वेपत्ता भएका एक व्यक्ती दश दिन पछि भेटएका छन ।
- रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा गत जेठ १३ गते फेवातालमा वेपत्ता भएका थिए ।
कास्की, २३ जेठ । फेवातालमा वेपत्ता भएका एक व्यक्ती दश दिन पछि भेटएका छन ।
रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा गत जेठ १३ गते फेवातालमा वेपत्ता भएका थिए । वेपत्ता भएकाे दश दिन पछि उनि मृतावस्थामा भेटिएका हुन । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।
उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए ।
भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्यबिनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया