हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
सारांश
- अस्बिन खड्का, ३२ असार ।
- उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।
- जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर साेमबार (आज ) बिहान स्थानीय सापुपा खोलाको किनार मा मृत अवस्थामा फेला परेका हुन् ।
अस्बिन खड्का, ३२ असार । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर साेमबार (आज ) बिहान स्थानीय सापुपा खोलाको किनार मा मृत अवस्थामा फेला परेका हुन् । मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अाइतबार राति उदयपुरगढी गाउँपालीका ५ मा दुइ जना खुकुरी प्रहारबाट घाइते भएका छन ।
उदयपुरगढी गाउँपालीका ५का नबिन बिक र सन्दिप बिककाे खुकुरी प्रहारबाट तेलतेले बाट फुटबल गेम हेरी नेपालटार फर्कने क्रममा दुर्गा बहादुर रार्इ र कृष्ण बिक घाइते भएका हुन । खुकुरी प्रहार गर्दा दुर्गा बहादुर राईको दाहिने कान मुनि घाँटिमा र टाउकोमा चोट लागेकाेले स्थानिय क्लिनिकमा उपचार गराई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको बताइएकाे छ ।
उनकाे टाउको र घाटिमा गरी १३ टाका लगाएको छ भने कृष्ण बिक को छातिमा सामान्य चोट स्थानिय क्लिनिकमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको बताइएकाे छ । खुकुरी प्रहार गर्ने मध्ये नबिन बि क लार्इ नियन्त्रणमा लिएकाे छ भने संदिप बिक फरार रहेको ले खोज तलास जारी रहेको प्रहरी ले बतायको छ।
प्रतिक्रिया