राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
सारांश
- काठमाडौं, ४ माघ ।
- प्रदेश नं.
- १ को राजधानी धनकुटामा हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका धनकुटावासी र प्रहरीबीच झडप भएको छ ।
काठमाडौं, ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटामा हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका धनकुटावासी र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा ३ जना घाइते भएका छन् ।
आन्दोलन अनियन्त्रित जस्तो भएपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज पनि गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।
यसअघि आन्दोलनकारीले बिहान १० बजेतिर प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएका छन् । आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया