बादी समुदायको जीवन कष्टकर

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
६३ पटक हेरिएको
Shares
बादी समुदायको जीवन कष्टकर

सारांश

  • डोटी, ५ फागुन ,जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ ।
  • केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् ।
  • यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् ।

डोटी, ५ फागुन ,जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ ।

केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।”

सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताउनुभयो ।

डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन ।

शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हँुदै गएको श्याम बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनाँै, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको कम्तीमा पनि २० वर्ष भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ ।

ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका विद्यालयमा ट्राफिक सचेतनासम्बन्धी जनचेतनामूलक तालीम दिन थालेको छ । जिल्लाका ट्राफिक नियमसम्बन्धी जानकारी नहुँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायल, राजपुर, पिपल्लालगायतका ठाउँमा रहेका निजी तथा सरकारी स्कूलमा गएर ट्राफिक नियमसम्बन्धी तालीम दिन थालेको हो ।

ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिकसम्बन्धी जानकारी पाऊन भन्ने उद्देश्यले आफूहरूले उक्त तालीम दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका दिल्पेश्वर मावी, सुजङ स्कूल, अमरज्योति स्कूललागयतका विद्यालयमा तालीम दिँदै आएको छ । गाडी चालकले डोटीलगायतका अन्य पहाडी जिल्लामा ट्राफिक नियमको पालना नगर्दा वर्षेनी ठूल्ठूला सवारी दुर्घटना हुनथालेको र दर्जनौँको अकालमै ज्यान जान थालेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
प्रधान न्यायाधीश सिफारिस नेकपाभित्रै अलमल
प्रधान न्यायाधीश सिफारिस नेकपाभित्रै अलमल
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे