समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

सारांश

  • लुम्बिनी ।
  • नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन् ।
  • एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए ।

लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन् ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए ।

उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताए । उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प बोकेको पार्टीले बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गरे । “देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन”, अध्यक्ष ओलीले भने, “त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।”

देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रताका लागि लड्नुपर्छ भन्ने चेत नभएको तथा देश कसरी बनाउने भन्ने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन नहुने अध्यक्ष ओलीको भनाइ थियो । उनले ‘मिसन ग्रासरुट’ को मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल बहुमत ल्याउने रहेको बताए । “अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्छ”, उनले भने, “अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन ।”

एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपङ्क्ति जनतासमक्ष जान नसकेको र जनतालाई राम्रोसँग बुझाउन नसकेको बताउँदै अध्यक्ष ओलीले ती भ्रम चिर्न अहिलेको ‘मिसन ग्रासरुट’ अभियान ल्याइएको बताए । “हामीले असल अभ्यासको थालनी गर्यौं, ३० वर्षमा हुन नसकेका काम नौ महिनामै ग¥यौँ, तर हामीले जनतालाई बुझाउन सकेनौँ”, उनले भने, “यति धेरै शक्तिशाली पार्टी कमिटी निष्क्रिय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौँ, अब त्यसरी चल्दैन, अब धार लगाऔँ, विकास र समृद्धिको बाहक बनौँ अहिलेको मिसन पूरा गरौँ ।”

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पु¥याउन नसकिएको भन्दै नयाँ युवा पिँढीमा एमालेको अभियान पु¥याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अब जनतालाई युवा पिँढीलाई अभियानमा जोडेर उनीहरुलाई जिम्मेवारीमा सहित जनताको घरदैलोमा परिचालन गर्नुपर्ने बताए ।

उनले जनतालाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्ने पनि बताए । अध्यक्ष ओलीले जनतालाई गलत प्रभावमा पार्नेले गलत बाटोमा हिँडाउन सक्छ त्यसैले भ्रमबाट मुक्त गरेर गलत बाटोमा जान नदिने र सही बाटोमा हिँडाउनुपर्ने बताए ।

(Hydroxyzine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?