माधव नेपाललाई वामदेव र नारायणकाजीको साथ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १३ असाेज ।
  • पूर्व प्रधानमन्त्री माधव नेपालले शुक्रबार (१२ असोज) आयोजना गरेका चियापानमा केन्द्रीय सचिवालयका थप दुई सदस्यले नेपाललाई साथ दिएका छन्।
  •  प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपालले आयोजना गरेको चियापानमा बामदेब गौतम र नारायणकाजी श्रेष्ठले साथ दिएका हुन्।

काठमाडाै, १३ असाेज । पूर्व प्रधानमन्त्री माधव नेपालले शुक्रबार (१२ असोज) आयोजना गरेका चियापानमा केन्द्रीय सचिवालयका थप दुई सदस्यले नेपाललाई साथ दिएका छन्। प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपालले आयोजना गरेको चियापानमा बामदेब गौतम र नारायणकाजी श्रेष्ठले साथ दिएका हुन्। स्रोतका अनुसार ४९ सदस्यीय नेकपा स्थायी समितिका झण्डै आधा जति सदस्य नेता नेपालले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा नेता नेपालले मुलुक र पार्टी दुबै गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउँदै यस्तो बेला पार्टीको बैठक व्यवस्थित रुपमा हुन नसकेकोमा आक्रोस पोखेका थिए। ‘एकातिर सिके राउत जस्ता बिखण्डनकारीहरु सक्रिय छन्, अर्काेतिर बिप्लब जस्ता उग्रवादीहरु’ नेपालले भेलामा भने, बलात्कार, हत्या जस्ता घटना बढेका छन्। तर सरकार र पार्टीको नेतृत्वले यसतर्फ उचित ध्यान दिएको छैन।’

देखिएका समस्या समाधान गर्न पार्टीको व्यवस्थित बैठक आयोजना गर्नुपर्नेमा त्यो नभएको बताउँदै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका थिए। नेपालको कुरामा गौतम र श्रेष्ठले पनि सहमति जनाउँदै छिटो भन्दा छिटो स्थायी समितिको बैठक डाक्नु पर्ने कुरामा आफूहरुको पनि सहमति रहेको बताएका थिए। भेलामा सहभागी स्थायी समितिका सदस्यहरुले सचिवालयमा रहेका तीनै नेता (नेपाल, गौतम र श्रेष्ठ) ले स्थायी समिति बैठक राख्न पहल गर्न आग्रह गरेका थिए।

‘तीनै नेताहरुले स्थायी समिति बैठक छिट्टै राख्न पहल गर्छौं भन्नुभएको छ’ स्थायी समिति सदस्य बेदुराम भूषालले भने, ‘बैठकबाटै समस्याको समाधान खोज्ने सहमति भएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’
‘अमेरिकाले आफ्ना वाचाहरु पूरा गर्नेछ’
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य