ट्रम्प र पाेर्न स्टार स्टर्मिकाे सम्बन्ध उनका वकिलका लागि घातक !
सारांश
- वाशिंटन, ७ भदौ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई आठ अपराधिक कार्यमा दोषी ठहर गरिएको छ ।
- साथै उनले २०१६ मा भएको राष्ट्रपतिय चुनावी अभियानका क्रममा ट्रम्पले पाेर्न स्टार स्टर्मि डेनियललाई आफूहरु बिचको सम्बन्धका बारेमा चुप बस्न पैसा दिएको कुरा पनि बताएका छन् ।
वाशिंटन, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई आठ अपराधिक कार्यमा दोषी ठहर गरिएको छ । साथै उनले २०१६ मा भएको राष्ट्रपतिय चुनावी अभियानका क्रममा ट्रम्पले पाेर्न स्टार स्टर्मि डेनियललाई आफूहरु बिचको सम्बन्धका बारेमा चुप बस्न पैसा दिएको कुरा पनि बताएका छन् ।
कोहेनले चुनावी अभियानमा पैसासँग जोडिएका धेरै नियमहरु उल्लंघन गरेका थिए जसमा ट्रम्पको हात रहेको उनले बताएका छन् । २०१६ को राष्ट्रपतिय चुनावलाई प्रभावित पार्ने गरी भएको एक पैसाको काण्डमा आफू संघिय उम्मेद्वारको निर्देशनमा सामेल भएको उनले बताए ।
स्रोतका अनुसार कोहेलाई कर छली गरेको, बैंकमा झुठा दस्तावेजको पेश गरेको र चुनावी अभियानमा खर्चसँग सम्बन्धित कानुन मिचेको आरोप छ ।
ट्रम्पसँगै विवादमा तानिएकि पोर्नस्टार स्टर्मि डेनियललाई पैसा दिएको आरोप उनका वकिल कोहेनले स्वीकारेका छन् । तर यतिबेला उनले त्यो पैसा फिर्ता गर्न चाहेको कुरा बाहिर आइरहेको छ किनकि उनी ट्रम्पको विरुद्धमा खुलेर बोल्न चाहन्छिन् । पैसा फिर्ता गरेर ट्रम्पसँगको शारीरिक सम्बन्ध पुष्टि हुने अडियाे तथा भिडियाे सार्वजनिक गर्न चाहन्छिन् । तर ह्वाइट हाउस भने यो कुरालाई सुरुदेखि नै नकार्दै आइरहेको छ ।
प्रतिक्रिया