बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
५० पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’

सारांश

  • काठमाडौं, माघ १९ ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वसभासद बालकृष्ण ढुंगेललाई लक्षित गर्दै क्रान्तिलाई ‘अपराध’ मान्न मनले नमानेको बताएका छन् ।
  • बिहिबार कारागारमा रहेका ढुंगेललाई भेटेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

काठमाडौं, माघ १९ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वसभासद बालकृष्ण ढुंगेललाई लक्षित गर्दै क्रान्तिलाई ‘अपराध’ मान्न मनले नमानेको बताएका छन् ।

बिहिबार कारागारमा रहेका ढुंगेललाई भेटेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

जनयुद्धका सहयात्री समेत रहेका ढुंगेल र भट्टराईबीच आज डिल्लिबजारस्थित सदर कारागारमा भेट भएको थियो । भट्टराईले ढुंगेललाई कारागारमा भेट्दा आफूलाई निकै आत्मग्लानिको अनुभुति भएको बताएका छन् । गरेका हुन् ।

माओवादी युद्धको नेतृत्व तहमा रहेर काम गरेका भट्टराई संविधान जारी भएपछि माओवादी छाडेर नयाँ पार्टी खोलेका हुन् ।

ढुंगेललाई भेटेपछि बिहीबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो । क्रान्तिलाई ’अपराध’ मान्न मन कत्ति तयार भएन । जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्म्िनरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?’

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेल यतिबेला काठमाडौं डिल्लिबजार सदर कारागारमा रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई माओवादी युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलगायतको हत्या गरेको आरोप सर्वस्वसहित जन्म कैदको सजाय सुनाइएको थियो । सभासद् हुँदा उनको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि फरार रहेका थिए । तर, केही महिना अघि मात्रै ढुंगेल पक्राउ परेका थिए ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?