बालिका १२ दिनदेखि बेपत्ता
सारांश
- इलाम, ३ पुस , इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।
- सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।
- २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो ।
इलाम, ३ पुस , इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।
सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको गुरुङले बताउनुभयो ।
बलिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिनुभयो । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया